साप्ताहिक अर्थ समाचार : दसैँमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री, हवाई टिकट सस्तो हुने, दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड जम्मा, १ र २ रुपैयाँका नयाँ सिक्का आउने र पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग « Khabarhub

साप्ताहिक अर्थ समाचार : दसैँमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री, हवाई टिकट सस्तो हुने, दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड जम्मा, १ र २ रुपैयाँका नयाँ सिक्का आउने र पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका आर्थिक खबरलाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक साताका मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन र जुनसुकै ब्राण्डका खाली सिलिण्डर सहजै साटफेर गर्न विशेष बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

संघले नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा आगामी असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म तोकिएका ६ वटा बिक्री केन्द्रबाट बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म ग्यास बिक्री तथा साटफेर गर्ने निर्णय गरेको हो ।

हाल भारतका विभिन्न रिफाइनरीहरूबाट सहजरूपमा एलपी ग्यासको आयात भइरहेको र भदौ महिनामा मात्रै देशभर ४२ लाख १३ हजार ६६१ सिलिण्डर ग्यास बिक्री वितरण भइसकेको संघले जनाएको छ ।

उपत्यकामा ग्यासको आपूर्ति सामान्य बन्दै गएको भए पनि दशैं(तिहार जस्ता चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एउटा ब्राण्डको सिलिण्डर अर्को ब्राण्डसँग साट्न नपाएको गुनासो आएपछि संघको ध्यानाकर्षण भएको संघका अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन् ।

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि छिटै तर्जुमा गर्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले स्वदेशी तथा विदेशी लगानीको प्रवर्द्धन र सहजीकरण गर्दै लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी, पूर्वानुमानयोग्य, समयबद्ध, जबाफदेही तथा प्रविधिमैत्री बनाउनका लागि राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिएका हुन् ।

त्यस्तै उनले हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा भएको जनकारी दिए ।

प्रवक्ता अर्यालले केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी, अस्वाभाविक मूल्यवृद्धि तथा आपूर्ति अवरोध हुन नदिन संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी नियमित तथा आकस्मिक बजार अनुगमनलाई सघन बनाउने निर्णय गरेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल र चीनबीचको स्थल व्यापार चाडपर्वको मुखमा ठप्प बनेको छ ।

गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त बनाएपछि रसुवागढी नाका बन्द भएको थियो । त्यसपछि पहिरोको जोखिम देखाएर सिन्धुपाल्चोकको तातोपानी नाकामा चीनले आयात–निर्यात रोक्यो ।

काठमाडौँबाट दूरीको हिसाबले नजिक पर्ने दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेका थिए ।

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

हुरीले गोलभेँडा खेतीमा क्षति

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारीस्तरीय सम्झौता गरेको छ।

सम्झौता कार्यान्वयनका लागि अब आइएमएफको कार्यकारी बोर्डबाट स्वीकृति लिनुपर्नेछ। आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्रको व्यवस्थापन प्रभावकारी रूपमा गरेको बताइन्।

कडा आर्थिक नीतिका कारण पाकिस्तानमा समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको उनको भनाइ छ।

तर बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य तथा आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको आइएमएफले जनाएको छ।

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल विश्वव्यापी वरियतामा एक स्थान खस्किएर ९०औँ स्थानमा पुगेको छ ।

कुल १६५ देशहरू समेटिएको यस प्रतिवेदनमा समृद्धि फाउण्डेशनले नेपालमा लगातार १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो । गत वर्ष ६.५८ अङ्कसहित ८९औँ स्थानमा रहेको नेपालले यस वर्ष १० अङ्कको मापनमा ६.५९ अङ्क प्राप्त गरे पनि वरियतामा भने एक स्थान तल झरेको छ ।

वरियतामा सामान्य गिरावट आए तापनि नेपालको अङ्क कोभिड–१९ महामारीको अवधिमा आएको गिरावटबाट पूर्ण रूपमा सुधार भई सन् २०१९ को ६.५२ अङ्कभन्दा माथि पुगेको छ ।

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ७ : ०१ बजे

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति