अष्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा « Khabarhub

अष्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल काठमाडौं आएकी छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा  विदेशमन्त्री करिन बिहीबार नेपाल आएकी हुन्।

नेपाल बसाईका क्रममा विदेशमन्त्री करिनले  द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछिन् ।

विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

अष्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : १९ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि