काठमाडौं– अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल काठमाडौं आएकी छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिन बिहीबार नेपाल आएकी हुन्।
नेपाल बसाईका क्रममा विदेशमन्त्री करिनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछिन् ।
विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।
अष्ट्रियाले नेपालका विभिन्न विकास परियोजनाहरू जस्तै जलविद्युत विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने छ ।
प्रतिक्रिया