भूगोल मात्र होइन, भाषा र संस्कृति अपरिहार्यः उपराष्ट्रपति पुन « Khabarhub

भूगोल मात्र होइन, भाषा र संस्कृति अपरिहार्यः उपराष्ट्रपति पुन


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा विहीबार प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताएका हुन् ।

सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको औल्याउँदै संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको बताए । उनले भाषा र संस्कृतिमा विचलन आउँदा भूगोलले मात्र देशको अस्तित्व कायम राख्न नसक्ने तर्क गरे ।

उनले भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको बताए ।

प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीले बगैँचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यही विभिन्न रङ्गका फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तीनका भाषाले देश सुन्दर बनाएको तर्क गरे ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मातृभाषाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वर्षेनी कविता सम्मेलनको आयोजना भइरहेको बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले भाषिकालाई पनि भाषाका रुपमा राखिएकाले त्यसको व्यवस्थापनका लागि प्रतिष्ठानले छलफल गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ४ : ४८ बजे

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला