ट्रम्पविरुद्ध अनुसन्धान गरिरहेका रोबर्ट मुल्लरले प्रतिवेदन बुझाउँदै « Khabarhub

ट्रम्पविरुद्ध अनुसन्धान गरिरहेका रोबर्ट मुल्लरले प्रतिवेदन बुझाउँदै


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी न्याय मन्त्रालयले आगामी साताभित्र सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपका विषयमा अनुसन्धान गरिरहेका अमेरिकी विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले महान्यायाधीवक्तालाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको घोषणा गर्ने भएको छ ।

अमेरिकी टेलिभिजन सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकी न्याय मन्त्रालयले विशेष अभियोजनकर्ता मुल्लरले महान्यायाधीवक्ता विलियम बारलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको घोषणा एक साताभित्र गर्नेछ ।
मुल्लरले महान्यायाधीवक्तालाई आफ्नो प्रतिवेदन बुझाएपछि महान्यायाधीवक्ताले त्यसको समिक्षा गरी कङ्ग्रेसलाई त्यस प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ ।

मुल्लरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेप तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायपालिकाको काममा बाधा पुर्‍याएको विषयमा अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका बेला मुल्लरले तीन कम्पनी तथा ३४ व्यक्तिविरुद्ध अभियोग दर्ता गरेका थिए ।

तल्लो सदन हाउस अफ रिप्रेजेटेन्टिभमा बहुमत रहेका डेमोक्र्याट नेताहरुले भने महान्यायाधीवक्ता बारले मुल्लरको प्रतिवेदनमा भएका सबै विवरण कङ्ग्रेसलाई नबुझाउने सम्भावना रहेको जनाउँदै आएका छन् । यता ट्रम्पले भने कङ्ग्रेसलाई प्रतिवेदन बुझाउने वा नबुझाउने विषय महान्यायाधीवक्ता बारको हातमा रहेको जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : २९ बजे

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले ल्यायो घोषणापत्र

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले