केकीलाई मन पर्‍यो ‘बुलबुल’, फेसबूकमा लेखिन् यस्तो स्टाटस « Khabarhub

केकीलाई मन पर्‍यो ‘बुलबुल’, फेसबूकमा लेखिन् यस्तो स्टाटस


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारीले आफूलाई फिल्म ‘बुलबुल’ मन परेको भन्दै स्टाटस लेखेकी छिन् । उनले फिल्म हेरेपछि सामाजिक सञ्जाल फेसबूकमा फिल्मले अलग्गै ढंगले कथा व्यथा प्रस्तुत गरेकाले फिल्मको तारिफ गरिन् ।

‘पात्रहरु यति मन छुने थिए कि, आफूले गर्न पाएको भए पनि हुने खालको लोभ पलाइदिन सफल हुनुभएकोमा कलाकारहरु अनि निर्देशक निर्माताहरुलाई हार्दिक बधाई,’ केकीले फेसबूकमा लेखेकी छिन्, ‘स्वस्तिमाले छक्क नै पारिदिइन् ।’

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म यतिबेला नेपालका विभिन्न हलमा चलिरहेको छ । कलात्मक रुपमा बनाइएको यो फिल्मको समीक्षात्मक रुपमा निकै तारिफ आएपनि चटपटे फिल्मका दर्शकले भने खासै रुचाएका छैनन् ।

फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको शीर्ष भूमिका छ । यस्तै फिल्ममा जोयश पाण्डे, दीपक क्षेत्री, लक्ष्मी बर्देवा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : २८ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका