डीपीएल : रुपन्देहीलाई हराउँदै महेन्द्रनगर क्वालिफायर्स | Khabarhub Khabarhub

डीपीएल : रुपन्देहीलाई हराउँदै महेन्द्रनगर क्वालिफायर्स


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– महेन्द्रनगर युनाइटेड धनगढीमा जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायर्समा प्रवेश गरेको छ ।

शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर विहीबार भएको प्रतिस्पर्धामा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै क्वालिफायर्समा पुगेको हो । महेन्द्रनगरले वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेञ्जर्सलाई एक रनले हराएको हो । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सको सामना गर्नेछ ।

शुक्रबार हुने खेलको विजेताले शनिबार हुने फाइनलमा सिवाइसी अत्तरियाको सामना गर्नेछ । पराजयसँगै रुपन्देही प्रतियोगिताबाट बाहिरिएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११५ रन बनाएको थियो । खराब शुरुआत गरेको महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले अविजित २९ रन जोडे । शरदले सातौँ विकेटका लागि अमर सिंह रौटेलासंँग मिलेर ४९ रनको साझेदारी गर्न सफल भए । अमर १९ रनमा आउट भए ।

यस्तै आनन्द सुब्रमन्युले २० रन जोड्दा मोहमद नाभिदले १८ रन बनाए । अविनाश बोहोरा र आरिफ शेख ११÷११ रनमा आउट भए । रुपन्देहीका ललित भण्डारी एक्लैले चार विकेट लिए । यस्तै पुनित मेहेराले तीन तथा कप्तान वसन्त रेग्मीले एक विकेट लिए । महेन्द्रनगरले दिएको ११६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको रुपन्देहीले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।

माञ्चक बनेको खेलमा अन्तिम ओभरमा रुपन्देहीलाई जीतका लागि पाँच रनको आवश्यकता रहेको थियो । तर महेन्द्रनगरका अविनाश बोहोराले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै टोलीलाई जीत दिलाए । अविनाशले अन्तिम ओभरमा एक रन दिएर तीन विकेट लिए ।

रुपन्देहीका लागि प्रदीप सिंह ऐरी र बाबर हायतले समान २८/२८ रन जोडे पनि टोलीलाई जीत दिलाउन सकेनन् । यस्तै विनोद भण्डारी २३ रनमा आउट हुँदा सन्दीप सुनार १४ रनमा आउट भए । सुमित महर्जन १० रनमा आउट भए । महेन्द्रनगरका अविनाश बोहराले दुई विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र सिद्धान्त लोहनीले एक–एक विकेट लिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : २८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका