अर्को क्युबाली क्षेप्यास्त्र संकटका लागि रुस तयारः पुटिन « Khabarhub

अर्को क्युबाली क्षेप्यास्त्र संकटका लागि रुस तयारः पुटिन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले चाहे क्युबाली क्षेप्यास्त्र संकट शैलीको अर्को संकटका लागि पनि तयार रहेको चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले रुसी सञ्चारमाध्यमसँग कुराकानीका क्रममा अमेरिकाले क्युबाली क्षेप्यास्त्र संकट शैलीको संकट निम्त्याउनसम्मको मूखर्ता गरे त्यसका लागि रुसी सेना तयार रहेको चेतावनी दिएका हुन् ।

सन् १९६२ मा तत्कालीन सोभियत संघले अमेरिकानजिक क्युबामा क्षेप्यास्त्र राखेपछि अमेरिका र सोभियत संघबीच आणविक युद्ध हुने चिन्ता उत्पन्न भएको थियो । त्यसअघि उनले रुसी संसद्लाई सम्बोधन गर्दै अमेरिकाले रुसको सीमानजिक युरोपमा क्षेप्यास्त्र राखेमा रुसले पनि अमेरिकाको सीमानजिक वा अमेरिकासम्म मार हान्नेसक्ने क्षेप्यास्त्रको विकास गर्ने चेतावनी दिएका थिए ।

अमेरिकाले तत्कालिन सोभियत संघसँग दशकौँ अघि गरेको मध्यम दुरीको आणविक क्षेप्यास्त्र विकाससम्बन्धी सम्झौताबाट बाहिरिने घोषणा गरेपछि रुस र अमेरिकाबीच पुनः हतियार उत्पादनको होडबाजी चल्ने चिन्ता व्यक्त हुन थालेका छन् ।

राष्ट्रपति पुटिनले अमेरिकाले पूर्वी युरोपमा क्षेप्यास्त्र राखेमा रुसले पनि अमेरिकाको जलक्षेत्रनजिक पनडुब्बी तथा युद्धपोतमा क्षेप्यास्त्र तैनाथ गर्नसक्ने चेतावनी दिएका थिए ।

यता अमेरिकाले भने पुटिनको वक्तव्यबाजीलाई प्रोपागाण्डाको संज्ञा दिएको छ । अमेरिकाको विदेश मन्त्रालयले पुटिनको भनाइ रुसले गर्दै मध्यम दुरीको आणविक शक्ति आइएनएफ सम्झौताको उल्लङ्घनको विषयलाई तोडमोड गर्नका लागि आएको प्रतिक्रिया दिएको छ ।
आइएनएफ सम्झौताले रुस र अमेरिकालाई युरोपमा मध्यम दुरीको आणविक हतियार राख्न बन्देज लगाएको छ । तर, त्यस सम्झौता खारेज भएमा रुस र अमेरिकाबीच हतियारको होडबाजीका लागि युरोप खेलमैदान हुनसक्ने बताइन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ७ : ४४ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्

‘हे भगवान् ! अब उप्रान्त मेरो देशमा कहिल्यै यस्तो नहोस्’

काठमाडौं- नेकपा एमालेसँग सम्बन्ध रहेकै आधारमा गत भदौ २४ गते