पर्यटन प्रवर्द्धनको मुख्य आधार खेलकुदः मन्त्री अधिकारी « Khabarhub

पर्यटन प्रवर्द्धनको मुख्य आधार खेलकुदः मन्त्री अधिकारी


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनको मुख्य आधार खेलकुद भएको बताएका छन् ।
सहारा क्लबद्वारा पोखरा रङ्गशालामा आयोजित १७औँ संस्करणको आहा रारा गोल्ड कपको विहीबार उद्घाटन गर्दै उनले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे ।

पोखरा रङ्गशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेकोमा जोड दिए । सरकारले सङ्घीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढाउनाका साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उनले अब मुलुक समृद्धितर्पm उन्मुख भएको धारणा राखे ।

सन् २०२० सम्ममा पोखरा विमानस्थलको निर्माण सम्पन्न हुने र २०२१ जनवरीमा परीक्षण उडान गरी फेब्रुअरीदेखि सञ्चालनमा आउने दाबी गरे । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आयोजक सहारा क्लबलाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ८ : ४२ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको