पर्यटन प्रवर्द्धनको मुख्य आधार खेलकुदः मन्त्री अधिकारी « Khabarhub

पर्यटन प्रवर्द्धनको मुख्य आधार खेलकुदः मन्त्री अधिकारी


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनको मुख्य आधार खेलकुद भएको बताएका छन् ।
सहारा क्लबद्वारा पोखरा रङ्गशालामा आयोजित १७औँ संस्करणको आहा रारा गोल्ड कपको विहीबार उद्घाटन गर्दै उनले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे ।

पोखरा रङ्गशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेकोमा जोड दिए । सरकारले सङ्घीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढाउनाका साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उनले अब मुलुक समृद्धितर्पm उन्मुख भएको धारणा राखे ।

सन् २०२० सम्ममा पोखरा विमानस्थलको निर्माण सम्पन्न हुने र २०२१ जनवरीमा परीक्षण उडान गरी फेब्रुअरीदेखि सञ्चालनमा आउने दाबी गरे । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आयोजक सहारा क्लबलाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ८ : ४२ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले