बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु | Khabarhub Khabarhub

बारको नयाँ नेतृत्वका लागि चुनावी अभियान शुरु


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृहत लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् ।  लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।

डिएलएका उम्मेदवारले विहीबार काठमाडौंमा कार्यक्रम गरेको र शुक्रबारदेखि नै देशव्यापी दौडाहमा निस्कन लागेको जानकारी दिएका हुन् । कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका लगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने बताए । बारका पूर्वमहासचिवसमेत रहेका पोखरेलले विगतमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र आफ्नो अहिलेको समूह सबै दृष्टिकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमूलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गरे ।

कानून व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल बार एशोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी आठ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

आगामी चैत्र १६ गते शनिबार देशभरी हुने निर्वाचनका लागि गत सोमबार ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको समूहले पनि उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा पोखरेल र श्रेष्ठसहित नौ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ११ : ०० बजे

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकमा गए राति यात्रुवाहक