भारतले पाकिस्तानतर्फ बग्ने नदीको बाटो ब‌ंग्याउँदै « Khabarhub

भारतले पाकिस्तानतर्फ बग्ने नदीको बाटो ब‌ंग्याउँदै


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले पाकिस्तानतर्फ जाने नदीमा पानीको अंश कम गर्ने भएको छ । ४४ जना भारतीय अर्धसैनिकको ज्यान जानेगरी भारत प्रशासित कश्मीरको पुलावामामा भएको आत्मघाती बम आक्रमणपछि भारतीय जलश्रोतमन्त्री नितिन गड्करीले भारत भएर पाकिस्तान जाने तीन नदिहरुको पानीको बाटोलाई परिवर्तन गरी भारततर्फ ल्याउने परियोजना अघि बढाउने जनाएका हुन् ।

एक साताअघि भएको आक्रमणको जिम्मा पाकिस्तानलाई आधार बनाएर कश्मीरमा सक्रिय आतिवादी समूह जैश ए मोहम्मदले लिएको थियो । आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ । उनले तीन नदीहरु व्यास, राबी र सत्लज नदीका पानीको धारलाई परिवर्तन गरी भारतको यमुना नदीतर्फ जोड्ने परियोजना अघि बढाइने जनाएका हुन् ।

त्यसका लागि भारतले राबी नदीका लागि शाहपुर – काण्डीमा परियोजना निर्माणको प्रकृया अघि बढिसकेको र व्यास सत्लजमा पनि यस्तै परियोजना बनाइने गड्करीको भनाइ छ । यदी यस्तो परियोजना अघि बढाइएमा यमुना नदीमा पानीको सतह बढ्ने र त्यस नदीमा आश्रित मानिसहरुलाई फाइदा पुग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९६२ मा भारत र पाकिस्तानबीच जलश्रोत सम्बन्धी भएको सन्धीअनुसार भारतले भारत–पाकिस्तान सीमा भएर बग्ने तीन नदीहरु राबी, व्यास र सत्लज नदीको पानीमा नियन्त्रण गर्न सक्ने प्रावधान छ भने पाकिस्तानले इन्दु, चेनब र झेलुम नदीको पानीमा नियन्त्रण गर्नसक्ने प्रावधान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : २९ बजे

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार