वर्नेमाउथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा, साउथह्याम्टन ३–१ ले पराजित « Khabarhub

वर्नेमाउथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा, साउथह्याम्टन ३–१ ले पराजित


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ प्रिमियर लिगका शीर्ष तीनमा उक्लिन सफल देखिएको हो ।

नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए ।

पाहुना टोलीका लागि ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउने काम गरेका थिए ।

कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरेका थिए ।

वर्नेमाउथले कुनैपनि प्रतियोगितामा साउथह्याम्टनमाथि पहिलो जित निकाल्दै प्रिमियर लिगको तालिकामा छलाङ मार्न सफल रह्यो ।

वर्नेमाउथ ६ खेलबाट १० अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लियो । साउथह्याम्टन ७ अंक सहित ११ औ स्थानमा रह्यो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ५५ बजे

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच