बैतडीमा बजार अनुगमन भएन « Khabarhub

बैतडीमा बजार अनुगमन भएन


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन ।

चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो ।

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरामा बजार अनुगमन हुन नसकेको बैतडीमा नेपालीको मुख्य चाड दशैँतिहार नजिकिँदापनि बजार अनुगमन शुरु हुन सकेको छैन । उपभोक्ताको हितको लागि दशैँतिहारलाई लक्षित गरेर केही दिनमै बजार अनुगमन कार्य थालिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

स्थानीय तह, सम्बन्धित कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । बजार अनुगमनको लागि क्षेत्रगत र विषयगत गरी दुई कलस्टर बनाइएको छ । क्षेत्रगत रुपमा जिल्लाका मुख्यमुख्य बजार गोठलापानी, शाहीलेक, देहीमाडौँ, पाटन, खोडपे, पुर्चौडी, मेलौलीलगायतका रहेका छन् ।

विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्तिलगायतका रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैँले पनि बजार अनुगमन गर्ने भए पनि संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय भएकाले केही ढिला शुरु हुन गएको उनले बताए ।

बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको कार्य गरिन्छ । बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् ।

बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यापारीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने दोगडाकेदार–३ श्रीकोटका गणेश विष्टको भनाइ रहेको छ । बजारमा बिक्री हुने सामग्री विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने उनले बताए ।

बजार अनुगमन नियमितरुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने गुरुखोला स्वास्थ्यचौकीका अहेव लवदेव भट्टको भनाइ रहेको छ । चाडपर्व लक्षित मात्रै नभएर समयसमयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीले बताएका छन् । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने खोचलेक बजारका एक व्यवसायी दीपेन्द्र कार्कीको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ०९ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग