व्याडमिन्टनबाट नेपाललाई विश्वमा चिनाउने युवा खेलाडी प्रिन्सको योजना « Khabarhub

व्याडमिन्टनबाट नेपाललाई विश्वमा चिनाउने युवा खेलाडी प्रिन्सको योजना



काठमाडौं- पछिल्लो एक बर्षमा ब्याडमिन्टनसँग जोडिएको खेल प्रेमीले राम्ररी चिन्ने नाम हो, प्रिन्स दाहाल ।

लगातार दुई बर्ष दुबई इन्टरनेसनल सिरिजमा फरक उमेरसमूहमा स्वर्ण जितेका उनी अहिले नेपाली खेलकुदमा चर्चाको शिखरमा छन् ।

अघिल्लो बर्ष यु–१५ मा स्वर्ण जितेका प्रिन्सले आइतबार सम्पन्न ‘दुबई इन्टरनेसनल सिरिज–२०१९’ मा भारतीय खेलाडी तथा जुनियर तर्फ विश्व वरियताको शीर्ष १० मा रहेका बरुण कपुरलाई पराजित गर्दै उपाधि जितेपछि काठमाडौंमा उनको व्यवस्तता पनि बढेको छ ।

सोमबार काठमाडौं फर्किएका प्रिन्सलाई मंगलबार दिनभरी नेपाली मिडियाले फ्लो गरिरहे । त्यतिमात्रै होइन्, उनकै शब्दमा भन्नु पर्दा ‘खानै खान पाएनन् ।’

उनको यो व्यवस्तता अघिल्लो बर्षबाटै शुरु भएको हो । जब उनले नेपालका लागि जुनियर तर्फ पहिलो पटक यु–१५ ब्याडमिन्टनमा स्वर्ण जितेका थिए । अघिल्लो पटकको भन्दा यो बर्षको उनले जितेको स्वर्णको अझै धेरै महत्व छ ।

विश्व व्याडमिन्टन महासंघ (बिडब्युएफ) ले आफ्नो खेलाडीको रेर्कड मात्रै यु–१९ देखिको राख्दछ । ‘बिडब्युएफ’ ले यो बर्षदेखि मात्रै मेरो रेकर्ड राख्छ । अबका दिनमा मैले खेल्ने प्रतियोगिताहरुबाट मेरो विश्व बरियतादेखि अन्य व्यक्तिहरुले फोकस गर्छन्,’ प्रिन्सले भने ।

दुबईमा जितेर फर्किएका प्रिन्सको विश्व बरियतामा पनि झण्डै ५० स्थान सुधार भएको छ । यसअघि प्रिन्स १०३ औं स्थानमा थिए भने मंगलबार सार्वजनिक भएको नयाँ वरियता अनुसार उनी ५४ औं स्थानमा परेका छन् ।

‘जुनियर तर्फको विश्व बरियतामा ५० भन्दा माथि आउँछु जस्तो लागेको थियो । तर, भएन । अब मेरो लक्ष्य नै जुनियरको बरियतामा माथि उक्लिनु हो भने सिनियर बरियताका लागि सिनियर टिम तथा खेलाडीसँग खेल्छु,’ उनले खबरहबसँग भने ।

यु–१९ मा स्वर्ण जितेका उनले सानिया चन्दसँगको यु–१९ कै डबल्समा पनि रजत पदक जितेका थिए । यो बर्ष जसरी प्रिन्सले आफुभन्दा बलियो देशका खेलाडीलाई पराजित गर्दा खुसी महसुस गरे त्यो भन्दा धेरै त्यहाँ भका नेपालीबाट पाएको सम्मानले उनलाई यो बर्षको दुबई यात्रा सम्झनलायक बनेको उनको अनुभव छ ।

‘अघिल्लो बर्ष खासौ मान्छे चिनेको थिएन । एक्लै भएजस्तो महसुस गरेको थिए,’ प्रिन्सले दुबई अनुभव सुनाउँदै भने, ‘तर, यो बर्ष दुबई यात्रा निकै रमाइलो भयो । त्यहाँ रहेका नेपालीहरुको साथले यो यात्रा विशेष बन्यो ।’

ब्याडमिन्टनमा प्रिन्सले पाएको सफलता नेपाली युवा ब्याडमिन्टनमा अहिलेसम्मकै राम्रो र उच्च नतिजा हो । लगातार एैतिहासिक सफलता हात पार्दै गएका उनी सामू दिनप्रति दिन चुनौतीको चाङ बढिरहेको पनि छ ।

‘मैले अहिले जुन स्तरमा प्रदर्शन गरिरहेको छु । त्यो त छँदैछ । तर, यो भन्दा अगाडि बढ्न चुनौती निकै धेरै छ । अहिले जुनियर लेभरमा खेलिरहेको छु । यहाँ मैले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पनि जित्दै आएको छु,’ प्रिन्सले भने, ‘अब सिनियर टोलीमा स्थान बनाउँदै सिनियर लेभलका अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न निकै चुनौती छ ।’

कमजोर भौतिक संरचना रहेको नेपालमा प्रिन्स जस्ता प्रतिभा भएका खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफुलाई स्थापित भने निकै धेरै सकस मोल्नु पर्ने हुनसक्ने खेल विश्लेषकहरु बताउँछन् ।

मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका प्रिन्सलाई आफुलाई सागमा घरेलु ब्याडमिन्टन कोर्टमा मैदान उत्रिन पनि सकस हुन सक्ने उनको भनाई छ ।

नेपाली ब्याडमिन्टनका शीर्ष खेलाडी रत्नजित र दिपेशजस्ता खेलाडीका अगाडि आफुलाई बलियो सावित गर्नु पनि प्रिन्सका लागि चुनौती नै छ । तर, सागमा सिंगल्सतर्फ खेल्न पाए स्वर्ण जित्ने आत्मविश्वासका साथ प्रिन्स अगाडि बढिरहेका छन् ।

अब प्रिन्स जतिसक्दो धेरै विदेशी ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुँदै ओलम्पिक यात्राका लागि अगाडि बढ्ने बताउँछन् ।

सन् २०२० मा स्वीट्जरल्यान्ड्समा हुने युथ ओलम्पिकमा जान पाए आफुलाई प्रमाणित गर्न हरसम्भव राम्रो खेल्ने उनले बताए । त्यो नभए पनि सन् २०२४ मा हुने ग्रिष्मकालिन ओलम्पिकमा पुग्ने गरी तयारीमा जुटेको उनको भनाई छ ।

विश्व वरियताको ८ सय ६७ औं स्थानमा रहेका उनले ओलम्पिकसम्म खुल्ला तर्फबाट प्रतिस्पर्धा गर्दै जाने हो भने विश्व वरियताको शीर्ष १०० सम्म पुग्नु पर्ने हुन्छ भने वाइल्डकार्ड इन्टीबाट ओलम्पिकसम्म पुग्न सकेपनि त्यहाँ राम्रो गर्ने गरी तयारी गर्ने उनी बताउँछन् ।

‘अबको लक्ष्य भनेको ओलम्पिक हो । २०२० को युथ ओलम्पिकमा जान पाए त्यहाँ पनि राम्रो गर्छु । यदि त्यसो भएन भने २०२४ को ओलम्पिकका लागि अहिले देखि नै तयारी थाल्छु,’ प्रिन्सले भने ।

विश्व ब्याडमिन्टनका चर्चित जापानी खेलाडी क्यान्तो मोमताका प्रशंसक प्रिन्सलाई ओलम्पिकमा सहभागी हुँदै नेपालका लागि उपाधि जित्ने लक्ष्य रहेको बताउँछन् । उनको लक्ष्य पुरा गर्न अहिलेको भन्दा २ गुणा बढी मेहनत गर्नुपर्ने उनको भनाई छ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ११ : ४० बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद