वैदेशिक रोजगार व्यवसायी निर्वाचन- प्रगतिशील समूहबाट पोखरेलको उम्मेदवारी | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायी निर्वाचन- प्रगतिशील समूहबाट पोखरेलको उम्मेदवारी


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि अध्यक्षमा प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिने निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए ।

संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिनेछन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने संयोजक भन्तनाले जानकारी दिए ।

नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

सङ्घको आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट म्यावनपार व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । सङ्घको नेतृत्व हातपार्न उनीहरु उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका छन् । नेपाली काँग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आजै अन्तिम सूची प्रकाशन

निर्वाचनका लागि दुई समूह बनाएका व्यवसायीका उम्मेदवारले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । सङ्घको कार्यालयमा उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

आजै अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यस्तै आजै उम्मेदवारमाथि परेको उजुरीको छानबिन हुने कार्यक्रम छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरिने सङ्घले जनाएको छ । भोलि साँझ ६ बजेसम्म निर्वाचनको प्रचारप्रसाद गर्न पाइनेछ ।

सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १ : ४१ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’