बहुउपयोगी पुदिनाका २५ फाइदा « Khabarhub

बहुउपयोगी पुदिनाका २५ फाइदा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्थास्थका लागि निकै उपयोगि छ ।

औषधीय गुण भरीएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ ।

आजकाल चुईगम, दन्तमन्जन तथा माउथफ्रेसमा समेत पुदिनालाई प्रयोग गरिन्छ । हिमाली क्षेत्रमा बाहेक तराई र पहाडका क्ष्ँेत्रमा सजिलै पाइने पुदिनाको स्वाद र सुगन्धले भोजनको रुचि बढाउछ ।

अत्यन्त धेरै औषधीय गुण भएको पुदिनाका निम्न फाइदाहरु छन् :

१. नरिवलको तेलसंग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जानेछ ।

२. दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायिक हुन्छ ।

३. हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ ।

४. पुदिनाको ताजा रस दिनको २ पल्ट छालामा २० मिनेट सम्म लगाई छोड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर आएमा हटेर जानेछ ।

५. गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगि हुन्छ ।

६. पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ ।

७. पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

८. पुदिनाको ताजा पातलाई तातापानिमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ ।

९. पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ ।

१०. शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।

११. साना नानीलाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चाका दरले दैनिक २/३ पटक ख्वाएमा झाडापखाला निको हुन्छ ।

१२. पुदिनाको पात पिसेर अचार खाएमा यसले पेटको समस्या निको पार्छ ।

१३. मुर्छित व्यक्तिलाई पुदीना पिसेर सुघाएमा मुर्छित अवस्थाबाट ब्युत्याउछ ।

१४. प्रसवको समयमा हुने पीडा कम गर्न पुदिनाको रस पिएमा प्रसव पीडा कम गर्छ ।

१५. पुदिना र चिनिलाई तातोपानिमा उमालेर समय समयमा पिएमा निर्बलता कम हुन्छ ।

१६. पुदिना, प्याजको रस र कागतीको रस बराबर मात्रामा मिसाएर पिएमा हैजामा उपयोगि हुन्छ ।

१७. दुइ चम्चा पुदिनाको रस वीरेनुन मिसाएर मनतातो पानीसँग खाएमा पेट फुलेको निको हुन्छ ।

१८. तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा ग्याष्ट्रिक निको हुन्छ ।

१९. नियमित पुदिनाको पात चपाएर खाएमा मुख गन्हाउन तथा दाँत दुख्ने समस्या निको हुन्छ ।

२०. पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता हुँदैन ।

२१. प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हालेमा पिनास कम हुन्छ ।

२२. सलादमा दिनहुँ पुदिना चपाएर खाएमा दाँत सड्ने तथा गिँजा सुन्निने निको हुन्छ ।

२३. पुदिनाको रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई लाभ मिल्छ ।

२४. पुदिनाको रस मनतातो पानिसंग पिएमा बाडुल्की लाग्ने वा हिक्क हिक्क हुने समस्या हट्दछ ।

२५. पुदिनाको सुकेको पातको धुलो महसंग मिसाएर दिनमा दुई तीन पटक खानाले गर्भाशयलाई सक्रिय पार्ने तथा बिग्रेको मासिक धर्म समेत यसले नियमित बनाउने गर्छ ।

तर बहुउपयोगी गुण भएको पुदिनाको बढी मात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ साथै मृगौलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउछ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  १ : ५१ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ