बुटवलमा बढ्दै सडक बालबालिका, गरीबी र पारिवारिक कलह कारण | Khabarhub Khabarhub

बुटवलमा बढ्दै सडक बालबालिका, गरीबी र पारिवारिक कलह कारण


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • नारायण ओली

बुटवल– पछिल्लो समय बुटवलका सडकहरुमा सडक बालबालिकाको उपस्थिति बढ्दै गएको पाइएको छ । बुटवलका सडकलाई आफ्नो बासस्थान बनाउने बालकालिकाको संख्या बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् ।

विगतका वर्षदेखि बुटवलको शहरी क्षेत्र भित्र रहेका सडकहरुमा यस्ता बालबालिकाको संख्या वृद्धि भएको हो । उनीहरुले सडक पेटीलाई नै आफ्नो वासस्थान बनाउँदै आएका छन् ।

पारिवारिक तथा आर्थिकस्थित कमजोर भएका कारण विद्यालय भर्ना हुन नसक्ने अवस्था भएपछि केहीवर्ष यता बुटवलका सडकहरुलाई आवास बनाउँदै आएको कपिलवस्तु घर वताउने अनिल परियारले बताए ।

बुटवल उप–महानगरपालिका अन्र्तगत पर्ने नेपालगञ्जरोड, पाल्पा रोड र पुप्पलाल पार्कलाई आफ्नो आवास वनाउँदै आएका छन् । चिसो मौसममा पनि उनीहरु सडकमा नै रात काट्न बाध्य हुने गरेका छन् ।

सडकमै भेटिएका एक बालक सन्दिप क्षेत्रीले दिनभर कवाड उठाउने र साँझ परेपछि सडकमै सुत्ने गरेको बताए । तर स्थानीयले भने सडक बालबालिका मध्ये केही भने चोरी, लागुऔषध ओसारपसार र सेवनमा पनि संलग्न हुने गरेका छन् ।

दाङ, कपिलवस्तु, अर्घाखाँची, वाग्लुङ्ग, स्याङ्गजा र रुपन्देही लगतायतका वालकहरु सडकपेटीमा भेटिन्छन् ।

गरीबी, घरेलु हिंसा, दोस्रो विवाह पछि अभिभावकहरुबीचको सम्वन्ध, घरायसी तनावका कारण आफूहरु सडकमा बस्न बाध्य भएको उनीहरु बताउँछन् । धेरै जसो घरपरिवारमा समस्या भएपछि सडकमा आउने गरेको केही सयमदेखि बुटवलको सडकमा बस्दै आएका दाङ पहरुवा घर बताउने निर्मल चौधरीले बताए ।

विद्यालय जाने उमेरका सडक वालकहरु खुल्ला आकाशमुनी सडक पेटीमा दैनिकी बिताउँदै आएका छन् । शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण र व्यक्तित्व विकासको अवसर बाट बञ्चित हुन पुगेका सडक बालकहरु जोखिमपुर्ण कार्य एंव लागु औषध तथा धुम्रपान सेवन जस्ता कुलतमा संलग्न रहेन गरेका छन् ।

स्थानीय निकायहरुले बुटवलका सडकहरुलाई सडक बालबालिका रहित वनाउने संकल्प गरेपनि तर सो संकल्प अनुसार अगाडि वढेको नदेखिएको स्थानीय समाजसेवि मिलेन्द्र श्रेष्ठले बताए । बुटवलमा सडक वालक सम्वन्धि काम गर्छाै भन्दै सरकारी निकायवाट रकम निकासा गर्ने संघसंस्था भएको भएपनि उनीहरुले त्यसअनुरुप काम नगरेको उनको आरोप छ ।

नेपालमा बालबालिका सम्बन्धि काम गर्ने धेरै सरकारी र गैरसरकारी संस्थाहरु भएपनि डक बालबालिका व्यवस्थापन पक्षमा भने कमजोर देखिएको छ । यस्ता बालबालिकालाई राज्यले पनि वेवास्ता गर्दै आएको देखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ३ : ०४ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च