साताको शेयर बजार : एक अर्ब ८९ करोडको कारोबार « Khabarhub

साताको शेयर बजार : एक अर्ब ८९ करोडको कारोबार


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो ।

साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो ।

तर अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिएपछि नेप्से मङ्गलबार र बुधबार भने नयाँ विन्दुमा पुग्यो ।

साताभर कूल १७२ कम्पनीको कारोवार भयो । साताको तेस्रो दिन मङ्गलबार र चौथो दिन बुधबार बजारमा उछाल नै देखापर्‍यो । सातारभर ६५ लाख ८६ हजार ८०४ कित्ता शेयर रु एक अर्ब ८९ करोड २७ लाख ४० हजार २७६ मा कारोवार भयो ।

साताभरको कारोवारमा नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेको छ । यस साता कारोवार मापक सूचक एक हजार १५५.३ अङ्कमा झरेको छ । अघिल्लो साता नेप्से ७९ प्रतिशतले घटेको थियो ।

साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुग्यो । त्यस दिन कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।

आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि सोही लय पहिल्यायो । सो दिन नेप्से १६.१८ विन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ विन्दुमा पुग्यो ।

नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढ्यो । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए ।

नेप्से परिसूचक २६.९१ विन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकियो । प्रतिशतका आधारमा नेप्से २.३९ प्रतिशतले वृद्धि भयो । कूल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरीदबिक्री भए ।

बुधबार पनि नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुग्यो । कूल १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता शेयर रु ४७ करोड ६८ लाख ३३ हजार ८४७ मा खरीद बिक्री भयो ।

मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुग्यो ।

कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भए ।

यस साता शिवम् सिमेन्टको सबैभन्दा बढी कारोवार भयो । सो कम्पनीको रु १५ करोड बराबरको शेयर कारोवार भयो । यस साता बजार पूँजीकरण रु १४ खर्ब ६७ अर्बमा सीमित भयो ।

बजार पूँजीकरणमा सधै शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकमले यस साता पनि आफ्नै हिस्सा कायम राख्यो । साताभर दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भए । त्यसमा रिलायन्स फाइनान्सको कूल आठ लाख ९१ हजार ८७४ कित्ता शेयर लाभांश र एभरेष्ट इन्सुरेन्स कम्पनीको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचीकृत भए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ४ : ०५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा