नेकपा सांसदहरुलाई ओलीको निर्देशन– सरकारले गरेको राम्रा काम जनतालाई बताउनुस् « Khabarhub

नेकपा सांसदहरुलाई ओलीको निर्देशन– सरकारले गरेको राम्रा काम जनतालाई बताउनुस्


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको कामहरुलाई जनतासँग लैजान आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिवार दिउँसो बसेको नेकपा संसदीय दलको बैठकमा अध्यष ओलीले केहीले सरकारले काम गर्न नसकेको भन्दै भ्रम छरिरहेकोले त्यसलाई चिर्नुपर्ने बताए ।

परिवर्तन विरोधीहरुले सरकारका काम बारे भ्रम फैलाइरहेको भन्दै प्रधानमन्त्री ओलीले विकास निर्माण र कानूनहरु बनाउने काममा सरकारले ध्यान दिइरहेको बताए ।

सरकारका यी कामहरुका बारेमा जनतालाई बताउन उनले सांसदहरुलाई आग्रह गरे ।

सरकारले राम्रा काम गरिरहेको भए पनि त्यसको जानकारी सही रुपमा जनतासँग नपुगेका कारणले सरकारले केही गरेन भन्ने भ्रम परेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ५ : २८ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर