साहो नचलेपछि प्रभासले आगामी फिल्मको स्क्रिप्ट नै फेरे « Khabarhub

साहो नचलेपछि प्रभासले आगामी फिल्मको स्क्रिप्ट नै फेरे


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३० अगस्टमा रिलिज भएको प्रभासको फिल्म साहो बक्स अफिसमा अपेक्षा गरेअनुसार सफल हुन सकेन ।

साहोले बक्स अफिसका यस अघिका सबै रेकर्ड तोड्ने अनुमान गरिएको थियो तर त्यसो हुन सकेन । प्रभासको आगामी फिल्म ‘जान’ निर्माणको क्रममा छ ।

जसलाई राधा कृष्णाले निर्देशन गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार साहोको असफलतापछि प्रभासले निर्देशकलाई रोमान्टिक फिलमको स्क्रिप्टमा परिवर्तन गर्न भनेका छन् ।

समाचारहरुका अनुसार तेलुगू दर्शकलाई साहो खासै मनपरेन तर हिन्दी बजारमा भने फिल्मले राम्रै कमाइ गरेको थियो । हिन्दी भर्सनमा साहोले १ सय करोड कमाएको थियो ।

अहिले प्रभास कुनै ठूलो हिन्दी फिल्म गर्ने बारेमा सोचिरहेका छैनन् । तर अभिनेताले आगामी रोमान्टिक फिल्म जानका निर्देशकलाई कथामा परिवर्तन गर्न भनेका छन् जसले दर्शकलाई प्रभावित गर्न सकोस् ।

यो फिल्ममा प्रभासले अभिनेत्री पूजा हेगडेसँग रोमान्स गर्नेछन् । यो फिल्मको २० दिनको सुटिङ सकिएको समाचारहरु सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : २७ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र