चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति « Khabarhub

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी) र आन्दोलनरत विद्यार्थीबीच शुल्क विवादका विषयमा सहमति भएको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न सीएमसी सहमत भएसँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन पनि फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार भएको त्रिपक्षीय वार्तामा विभिन्न बुँदामा सहमति जुटेको हो । आन्दोलनरत विद्यार्थी, सीएमसी र विद्यार्थीका प्रतिनिधिबीच भएको वार्तामा शुल्कसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलमा जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहनेछन् ।

कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ४६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको