मन्त्री यादवको प्रश्न– एउटा कम्युनिष्टले सरकार बनाउने, अर्कोले कालो झण्डा देखाउने गर्न मिल्छ ? « Khabarhub

मन्त्री यादवको प्रश्न– एउटा कम्युनिष्टले सरकार बनाउने, अर्कोले कालो झण्डा देखाउने गर्न मिल्छ ?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् ।

सिरहाको कर्जन्हामा सामुदायिक रेडियो गङ्गाजलको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले एउटा कम्युनिष्ट पार्टी सरकार बनाउने र अर्को कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य गरी मुलुकको विकास र समृद्धिका लागि एउटै ठाउँमा आउनुपर्ने बताए ।

देशको विकासमा समय खर्च गर्नुपर्नेमा विरोध र विवादमा समय खर्चिदा विकासमा बाधा पुगेको उनको भनाइ थियो ।

सरकारले मुलुकलाई समृद्ध बनाउने गरी काम गरिरहेको भन्दै मन्त्री यादवले जनताको जीत हुने गरी स्थानीय तहले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव र प्रमोद यादव, पूर्वमन्त्री महेन्द्र पासमान, पूर्वसांसद रामकुमार पासमान, मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : २० बजे

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप