जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्छ– नेता रावल « Khabarhub

जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्छ– नेता रावल


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आयोजित दशैँ–तिहार तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने बताउँदै थारू, पहाडी, दलित, जनजातिलगायत सबै जातिले हातेमालो गरी देश विकासमा लाग्न आग्रह गरे ।

नेता रावलले सबै जातजातिमा भाइचाराको सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउने र जातीय सद्भाव कायम रहने विश्वास व्यक्त गरे ।

नेकपा स्थायी समिति सदस्य लेखराज भट्टले विकासका कामसँगै विभिन्न जातजातिले मनाउने चाडपर्वमा एकता हुन जरुरी रहेको औँल्याए ।

प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले सबै जाताजातिले एकताबद्ध भएर लाग्नुपर्छ भन्ने सन्देश दिन प्रदेशका शीर्षनेता बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको उल्लेख गरिन्। कार्यक्रममा नेकपा सुदूरपश्चिम सहइन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी, प्रदेश अध्यक्ष कर्ण थापालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ४० बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा