अनुहारमा चायापोतोको समस्याले दिक्क हुनुहुन्छ ? यसरी गर्नुस् केयर « Khabarhub

अनुहारमा चायापोतोको समस्याले दिक्क हुनुहुन्छ ? यसरी गर्नुस् केयर


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुन्दर आकर्षक अनुहार होस् भन्ने चाहना महिला र पुरुष दुवैमा हुन्छ । त्यसैले पनि सुन्दर र आकर्षक देखिन चाहन्छ । तर आकर्षक र सुन्दर अनुहारका लागि अनुहारको छालाको राम्रोसँग केयर गर्नेहरु भने कमै हुन्छन् ।

जसकारण मानिसको अनुहारमा चायापोतो र डण्डीफोर आउने गर्छ । आफ्नो छालाको केयर नगर्दा धेरै युवायुवतीहरुमा कालो दाग ( चायापोतो) आउने समस्या देखिन्छ । चिकित्सकका अनुसार अनुहारमा पोतो भएपछि उपचारका लागि आउने युवायुवतीहरु बढेका छन् ।

किन आउँछ चायापोतो ?

–घामको किरण अनुहारमा बढी भएमा,

–कपालमा मेहेन्दी लगाउदा,

–कपालमा लगाएको तोरी वा अमलाको तेल अनुहारमा परेमा,

–महिनावारी सम्बन्धी समस्या भएमा,

–राती समयमा नसुतेमा,

–परिवार नियोजनका साधन प्रयोग गरेमा,

–घरका आमा वा बुबा तथा अन्य सदस्यमा पनि पोतो आउने समस्या भएमा,

–जथाभावी रुपमा कमसल खालका कस्मेटिक सामग्री प्रयोग गरेमा ।

मानिसको अनुहारमा पोतो आउने मुख्य कारणहरु यी नै हुन् । यी मध्ये कुनैपनि कारणले मानिसको अनुहारमा पोतो आउन सक्छ ।

कसरी गर्ने केयर ?
चायापोतोको उपचारका लागि सबैभन्दा पहिला चायापोटो आउनुको कारण पत्ता लगाउनु पर्छ । यदी घामको किरण,मेहेन्दी लगाउँदा, कपालमा तेल लगाउदा, राती समस्यमा नसुतेको कारणले चायापोतो आएको छ भने चायापोतोबाट बच्न ती कुराहरुबाट बच्नुपर्छ ।

यस्तै महिनावारी गडबढी, परिवार नियोजनका साधनको प्रयोगका कारणले चायापोतो आएको छ भने त्यससम्बन्धि समस्याको पहिला उपचार गर्नुपर्छ । यस्तै वंशाणुगत गुणका कारण चायापोतो आएको छ भने पनि यसको उपचार सम्भव छ ।

यी सबै कारणको उपचारका लागि छात्रारोग विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गराउनु उपयुक्त हुन्छ । औषधि र उपचारले मात्र चायापोतो सधैका लागि ठिक हुँदैन । त्यसैले चायापोतो आउने कारणहरुबाटै बच्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ०७ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।