टोरन्टोमा हुने ‘सिने स्टार अवार्ड २०२०’ का लागि दर्ता आह्वान « Khabarhub

टोरन्टोमा हुने ‘सिने स्टार अवार्ड २०२०’ का लागि दर्ता आह्वान


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – क्यानडामा आयोजना गर्न लागिएको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को फिल्म दर्ताका लागि आह्वान गरिएको छ । अवार्डमा सहभागिता जनाउन फिल्मकर्मीलाई आफ्ना फिल्म दर्ता गर्न आह्वान गरिएको हो ।

आउँदो जनवरी अन्तिम साता क्यानडाको टोरन्टोमा हुने अवार्डको लागि फिल्म दर्ता प्रक्रिया शुरु गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार वर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरूले अवार्डमा भाग लिन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना गरिने अवार्ड दर्ता प्रक्रियामा सहभागी हुने फिल्मबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन गर्ने जनाइएको छ ।

आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीका अनुसार विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गरिने बताए । अवार्डको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी रहेका छन् ।

यस्तै अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह-अभिनेता, सह-अभिनेत्री प्रतिस्पर्धी विधा समावेश गरिने जनाइएको छ ।

अवार्ड समारोहमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने निर्णायक टिमले जुरी अवार्ड समेत प्रदान गर्नेछ ।

जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको समेत सहकार्यमा हुने अवार्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नमा भूमिका खेल्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक

झापामा भूमि समस्या समाधानको कामले गति लिँदै, ३३ परिवारले पाए लालपुर्जा

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या समाधानका

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण