यु–२३ नेपाली टोलीले म्यान्मारसँग मैत्रिपूर्ण फुटबल खेल्ने « Khabarhub

यु–२३ नेपाली टोलीले म्यान्मारसँग मैत्रिपूर्ण फुटबल खेल्ने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोलीले म्यानमारको उमेरसमूहको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली युवा टोलीले म्यानरसँग कतारमा मैत्रिपूर्ण खेल खेल्ने जानकारी गराएको हो ।

मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने सागको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यहिँ ८ गते म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

खेल कतारको दोहामा हुनेछ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले मैत्रिपूर्ण खेल हुनु नेपाली टोलीका लागि सुखद् रहेको बताए  ।

‘म्यानमारसँगको खेल एक्सपोजर पाउनु राम्रो पक्ष हो । यो निकै चुनौति पनि छ तर, यसले घरेलु मैदानमा हुने सागलाई सघाउनेछ,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

नेपाली टोली मंगलबारै दोहातर्फ लाग्नछे ।

नेपाली टोली

अनन्त तामाङ, अञ्जन बिष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्कि, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, शेसेहाङ आङ्देम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात