यु–२३ नेपाली टोलीले म्यान्मारसँग मैत्रिपूर्ण फुटबल खेल्ने « Khabarhub

यु–२३ नेपाली टोलीले म्यान्मारसँग मैत्रिपूर्ण फुटबल खेल्ने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली य–२३ टोलीले म्यानमारको उमेरसमूहको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली युवा टोलीले म्यानरसँग कतारमा मैत्रिपूर्ण खेल खेल्ने जानकारी गराएको हो ।

मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने सागको बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यहिँ ८ गते म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

खेल कतारको दोहामा हुनेछ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले मैत्रिपूर्ण खेल हुनु नेपाली टोलीका लागि सुखद् रहेको बताए  ।

‘म्यानमारसँगको खेल एक्सपोजर पाउनु राम्रो पक्ष हो । यो निकै चुनौति पनि छ तर, यसले घरेलु मैदानमा हुने सागलाई सघाउनेछ,’ मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने ।

नेपाली टोली मंगलबारै दोहातर्फ लाग्नछे ।

नेपाली टोली

अनन्त तामाङ, अञ्जन बिष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अर्पण कार्कि, दिप कार्की, देव लिम्बु, विकास खवास, रोमन लिम्बु, नितिन थापा, शेसेहाङ आङ्देम्बे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रेजन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि