ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल « Khabarhub

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समसामयिक राजनीतिक घटनाक्रमका साथै द्वन्द्वकालिन मुद्दाहरुलाई छिटो टुंग्याउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको हो ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताए ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बताइएको छ ।

बैठकमा ठोस निर्णय नभए पनि सत्ता र प्रतिपक्षबीच कुराकानी भएको बताउँदै नेता नेम्वाङले बेलाबेलामा छलफल गर्दै अघि बढ्नु पर्ने बताए। द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : २६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका