ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल | Khabarhub Khabarhub

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समसामयिक राजनीतिक घटनाक्रमका साथै द्वन्द्वकालिन मुद्दाहरुलाई छिटो टुंग्याउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको हो ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङले बताए ।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बताइएको छ ।

बैठकमा ठोस निर्णय नभए पनि सत्ता र प्रतिपक्षबीच कुराकानी भएको बताउँदै नेता नेम्वाङले बेलाबेलामा छलफल गर्दै अघि बढ्नु पर्ने बताए। द्वन्द्वकालीन घटनाबारे विशेष गरी विधेयकबारे छलफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १ : २६ बजे

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता