‘ह्याप्पी तिहार’ गीतका कारण उजुरी परेपछि दुर्गेश थापाको स्वीकारोक्ति – ‘गल्ती गरेकै हो’ « Khabarhub

‘ह्याप्पी तिहार’ गीतका कारण उजुरी परेपछि दुर्गेश थापाको स्वीकारोक्ति – ‘गल्ती गरेकै हो’


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापा तिहारको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका छन् । सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् ।

सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएको हो ।

विरोधसँगै गायक थापामाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको हो । प्रप्रशासन कार्यालयमा उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको छ ।

महाशाखाका एसएसपी सहकुल थापाले दुर्गेशविरुद्ध उजुरी परेको पुष्टि गरे ।

यता दुर्गेश थापाले भने आफूले गल्ती स्वीकारेका छन् । खबरहबसँगको सम्पर्कमा आएका थापाले भने, ‘गल्ती गरेकै हो, अब उहाँहरुसँग बसेर सल्लाह गर्छु, त्यहीअनुसार अगाडि बढ्छु ।’

उनले प्रहरीले आफूलाई सम्पर्क गरेर गीत हटाउन भनेको पनि बताए । ‘म अहिले बाहिर छु, आएपछि जान्छु, उहाँहरुले गीतका शब्दमा आपत्ति जनाउनुभएको हो,’ उनले भने ।

दुर्गेशले तिहारको गीतमा गाँजा र बियरको प्रचार गरेको भन्दै विवाद भएपछि दुर्गेश पनि तनावमा परेका छन् । गीतको भिडियोमा एक बियरको विज्ञापन गरिएको छ ।

यसअघि तिहारका बेला दुर्गेशले ‘बिच्च बिच्चमा’ बोलको गीत बजारमा ल्याएर तारिफ र चर्चा पाएका थिए । तिहारको गीतले भने उनलाई विवादमा तानेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ५१ बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल