उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी « Khabarhub

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी गरेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संकेत गर्दै नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्– ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ? ७ भोट आउँछ कि १८९ ?’

सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डीपी अर्याल निर्विरोध भइसकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ७ : ४२ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय