सजाय भुक्तान नगरी फरार अठार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

सजाय भुक्तान नगरी फरार अठार अभियुक्त पक्राउ


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिटलगायतका अभियोगमा अदालतबाट सावित भए पनि सजाय भुक्तान नगरी फरार रहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिए ।

जसमध्ये ज्यान मार्ने उद्योगका पाँच, ठगीका एक, जबर्जस्ती करणीका चार, कर्तव्य ज्यानका दुई, सवारी अङ्गभङ्गका एक, सवारी ज्यानका उक, अपहरण तथा शरीर बन्धकका एक, चोरीका दुई र एक जना बोक्सी आरोपमा कुटपिट घटनाका अभियुक्त रहेका छन् । पछिल्लो पटक प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरीले २०७६ असार ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका–१२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो । यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय अताहुसेन मियाँ र राजगढ गाउँपालिका–१ बस्ने ५५ वर्षीय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थिए ।

ज्यान मार्ने उद्योगमै दोषी भई फरार हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का मुगालाल महतो, धनश्याम महतो र श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानीमा कडा पारेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : १० बजे

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक

कास्कीको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी– जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशको पोखरासहित विभिन्न

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र

चक्रपथ विस्तारको दोस्रो खण्ड घाँस र झारले सडक छोपियो तर भएन काम (तस्बिरहरू)

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षासँगै