रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने « Khabarhub

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले ‘नवप्रवर्तन साझेदारी कोष’ कार्यक्रमअन्तर्गत ‘डिजिटल पालिका’ बनाउन लागेको हो । 

आइतबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यान्वयनको अख्तियारीसमेत प्राप्त भएको नगरप्रमुख धर्मराज शाहीले बताए । 

यसअघि प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रदेश सरकारले रास्कोटसहित प्रदेशका सात स्थानीय तहलाई कुल तीन करोड ४० लाख रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिएका हुन् । 

यस कार्यक्रमले पालिकाका सूचना, तथ्याङ्क र सेवाहरूलाई ‘अनलाइन’ प्रणालीमा आबद्ध गरी नागरिकलाई छिटो र छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ७ : ३१ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको