क्रान्तिकारी माओवादी पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने « Khabarhub

क्रान्तिकारी माओवादी पार्टीले उपनिर्वाचन बहिष्कार गर्ने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा क्रान्तिकारी माओवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मोहन वैद्य किरण नेतृत्वको पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेता सीपी गजुरेलले बताए ।

यसअघि पार्टीले देशभक्त जनगणतान्त्रिक मोर्चा बनाएर स्थानिय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिए पनि मंसिर १४ गतेको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

निर्वाचनलाई पार्टीले रणनीति नभई कार्यनीति मान्ने बताउँदै नेता गजुरेलले कार्यनीति अन्तर्गत चुनावमा कहिले भाग लिने कहिले नलिने हुनसक्ने बताए ।

आफूहरूले अहिलेको संविधान, सरकार र व्यवस्थाको विकल्प खोजेको गजुरेलको भनाइ थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ३ : ३१ बजे

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली