आगामी शैक्षिक शत्रबाट श्रम विषयमा एम ए पढाई हुने « Khabarhub

आगामी शैक्षिक शत्रबाट श्रम विषयमा एम ए पढाई हुने


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा आगामी शैक्षिक शत्रबाट श्रम विषयमा स्नातकोत्तर पढाइ हुने भएको छ ।

सोमबार नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा विश्वविद्यालय तह श्रम अध्ययनका लागि आवश्यक विषयमा गरेको अन्तक्रिया कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिले आगामी शैक्षिक शत्रदेखि श्रम विषय पढाइ हुने जानकारी दिएका हुन्।

नेपालको सन्दर्भमा श्रम विषय अध्ययनको आवश्यकता रहेको त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक उमेश उपाध्ययले बताएका छन् । उनले विश्वविद्यालयले श्रम विषय अध्यापनका लागि आवश्यक पाठयक्रम निर्माण गरिसकेको जानकारी दिएका छन् ।

नेपालका ट्रेड युनियनहरुले पनि वर्षौंदेखि श्रम विषय प्रथामिक तहदेखि नै पढाइ हुनुपर्ने माग गर्दै आएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताएका थिए । नेपालमा श्रम विषय आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाली श्रमिक रोजगारीका लागि विश्व श्रम बजारमा खपत भइरहेका समयमा श्रम विषय आवश्यक रहेको प्रतिनिधि सभाकी संसद विन्दा पाण्डेले बताएकी छिन् । सरकारले श्रम विषयलाई प्रथामिकतामा राखेर विश्वविद्यालयले अध्यापनका लागि जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ५ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै