हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला « Khabarhub

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ । संयुक्त अरब इमिरेट्स यूएईको खालिफा बन्दरगाहबाट भारतको काण्डलातर्फ जाँदै गरेको थाइल्याण्डमा दर्ता भएको ‘मयुरी नारी’ नामक मालवाहक जहाजमाथि हर्मुज जलडमरूमध्यमा भीषण आक्रमण भएको हो ।

थाइल्याण्डको शाही नौसेनाले सार्वजनिक गरेका तस्बिरमा जहाजको मुख्य भाग र माथिल्लो संचरनाबाट बाक्लो कालो धुवाँको मुस्लो निस्किएको देखिन्छ भने समुद्रमा जीवनरक्षक डुङ्गाहरू (लाइफ राफ्ट) तैरिरहेका छन् । १७८ मिटर लामो र ३० हजार टन क्षमताको उक्त जहाजमाथि भएको आक्रमणको ठोस कारण र विस्तृत विवरण भने अझै खुल्न सकेको छैन ।

यसबारे हाल अनुसन्धान भइरहेको थाई नौसेनाले जनाएको छ । यस संकटपूर्ण घडीमा ओमानको नौसेनाले तत्काल सक्रियता देखाउँदै जहाजमा सवार २० जना नाविकहरूको सकुशल उद्धार गरेको जनाइएको छ । बाँकी तीन जना चालक दलका सदस्यहरूको खोजी तथा उद्धारका लागि अहिले तीव्र प्रयासहरू भइरहेका छन् ।

जहाज ट्र्याकिङ गर्ने वेबसाइटहरूका अनुसार यो जहाज ओमानको तट नजिकै हर्मुज जलडमरूमध्यमा अत्यन्तै सुस्त गतिमा चलिरहेको देखिएको छ । पछिल्लो समय इरानले आफ्ना तेल निर्यात गर्ने छिमेकी मुलुकहरूमाथि आक्रमण सुरु गरेसँगै यस क्षेत्रमा व्यापारिक जहाजहरूको सुरक्षामा गम्भीर चुनौती थपिएको छ ।

रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने यस सामुद्रिक मार्गमा भएको पछिल्लो आक्रमणले अन्तर्राष्ट्रिय व्यापारिक समुदायमा त्रास फैलाएको छ । यसबाट विश्वव्यापी ऊर्जा अर्थतन्त्रलाई समेत संकटमा धकेलिएको छ ।

संयुक्त अधिराज्य बेलायतको सामुद्रिक व्यापार सञ्चालन केन्द्रले बुधबार खाडी क्षेत्रमा तीन वटा व्यापारिक जहाजहरूमाथि हमला भएको जानकारी दिएको थियो । तर यो घटना ती तीनमध्येकै एक हो वा छुट्टै हो भन्ने विषयमा अझै स्पष्ट हुन सकेको छैन । बैंककस्थित ‘प्रिसियस शिपिङ’ कम्पनीको स्वामित्वमा रहेको यस जहाजको विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ०८ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा