कुमार पौडेल हत्या प्रकरण : संलग्न प्रहरीविरूद्ध मुद्दा चलाउन मानव अधिकार आयोगको निर्देशन « Khabarhub

कुमार पौडेल हत्या प्रकरण : संलग्न प्रहरीविरूद्ध मुद्दा चलाउन मानव अधिकार आयोगको निर्देशन


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे दोहोरो भिडन्तमा मृत्यु नभएको निश्कर्ष निकालेको छ ।

घटनाबारे आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक प्रहरीको बल प्रयोगबाट भएको निष्कर्ष निकालेको हो ।

आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।

अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाए पछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा भएको भनिएको दोहोरो भिडन्तमा पौडेल मारिएका थिए ।

प्रहरीले दोहोरो भिडन्त भने पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै घटनाका विषयमा प्रश्न उठाएका थिए । त्यस्तै घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद समेत अवरुद्ध गरेको थियो ।

मानवअधिकार आयोगको प्रेस विज्ञप्ति

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : १८ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी