थाई राजाले खोसे 'पत्नी'को शाही उपाधि | Khabarhub Khabarhub

थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्।

उच्च तहको नियुक्ति पाएको केही महिनामै रानीले विश्वासघात गरेको आरोप लगाउँदै राजाले उनको शाही उपाधि खोसेका हुन् ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ।

उनका व्यवहारहरू अपमानजनक ठहरिएको बताइएको छ। राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए।

उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्। गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।

पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो।

उनी सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा आएका हुन्। बीबीसीबाट

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ४१ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन