थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि « Khabarhub

थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्।

उच्च तहको नियुक्ति पाएको केही महिनामै रानीले विश्वासघात गरेको आरोप लगाउँदै राजाले उनको शाही उपाधि खोसेका हुन् ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ।

उनका व्यवहारहरू अपमानजनक ठहरिएको बताइएको छ। राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए।

उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्। गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।

पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो।

उनी सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा आएका हुन्। बीबीसीबाट

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ८ : ४१ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा