रियल मड्रिडका पूर्व अध्यक्ष काल्डरनले भने- वेल टोटेनहम फर्कन आवश्यक « Khabarhub

रियल मड्रिडका पूर्व अध्यक्ष काल्डरनले भने- वेल टोटेनहम फर्कन आवश्यक


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रियल मड्रिडका पुर्व अध्यक्ष रमन काल्डरनले ग्यारेथ वेल पुन टोटेनहममा फर्कन आवश्यक रहेको बताएका छन् । स्पेनिस महारथी क्लबका पुर्व अध्यक्ष काल्डरनले वेल टोटनहम फर्कनु समस्या समाधानको उत्कृष्ट विकल्प हुने बताए ।

३० बर्षका वेलले वेल्स युरोकपमा छनोट भएपछि राष्ट्रिय झण्डामा लेखिएको वेल्स, गल्फ र मड्रिड, इन द्याट अर्डर भन्दै खुसीयाली मनाएका थिए । काल्डरनले वेललाई यदी झण्डामा लेखिएको बिषय थाहा भए, त्यो बचपना रहेको बताए ।

उनले वेल टोटेनहम फर्कनु समस्याको उत्कृष्ट समाधान रहेको उल्लेख गरेका छन् । माउरिसियो पोचिटिकोलाई स्थानान्तरण गर्दै जोसे माउरिन्हो क्लबमा आएपछि काल्डरनले वेल पुन नर्थ लण्डन क्लब फर्कन सक्ने बताएका छन् ।

उनैले ६ बर्ष अघि मड्रिडबाट विश्व कीर्तिमानी मुल्यमा बेललाई टोटेनहमबाट स्पेन ल्याएका थिए । ‘यो सत्य हो, माउरिन्होलाई वेल मन पर्छ ।’ काल्डरनले भनेका छन्, ‘उनले भनेका छन्, सन् २०१७ मा उनीले म्यान्चेष्टर युनाईटेडमा अनुबन्धनको प्रयास गरेका थिए । तर रियल मड्रिडले वेलसंगको सम्झौता नविकरण गरेको थियो ।’

वेलले क्लब भन्दा वेल्स र गल्फलाई प्राथमिकतामा राखेको भन्दै आलोचना शुरु भएको छ । चार पटकका च्याम्पियन्स लिग विजेता वेल गत जुलाईमा चाईनिज क्लब जान लागेका थिए । तर अन्तिममा रियल मड्रिडले उनलाई रोकेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : १७ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण