नाकको शल्यक्रियाका कारण मड्रिडका स्टार कोस्टा तीन महिना मैदान बाहिर « Khabarhub

नाकको शल्यक्रियाका कारण मड्रिडका स्टार कोस्टा तीन महिना मैदान बाहिर


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको हो ।

उनलाई निको हुन करिब तीन महिना लाग्ने बताईएको छ । शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन् । यस्तै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी हुने छैनन् ।

यस्तै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउनेछन् । समयमै ठिक भएको अवस्थामा फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्नेछन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी कोस्टा सन् २०१७ मा चेल्सीबाट एट्लेटिको फर्किएका थिए । उनले साढे २ सिजन क्लबमा बिताउँदा ४१ खेलमा मात्र ७ गोल गरेका छन् ।

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले लोनमा रहेका चेल्सीका खेलाडी अल्भारो मोराटालाई गत समरमा स्थायी रुपमा क्लबमा राख्न सफल भएका छन् । त्यस्तै विश्व कीर्तिमानी मुल्यमा बेन्फिका र पोर्चुगलबाट जोआओ फिलिक्सलाई क्लबमा अनुबन्धन गरेका थिए ।

पछिल्लो समय कोस्टाले चीन र कतारका धनी क्लबमा आँखा लगाईरहेका छन् । सन् २०१४ मा एट्लेटिकोलाई उपाधि जिताएका उनले सिजनमा २७ गोल गरेका थिए । लगत्तै उनी ३२ मिलियन पाउण्डमा चेल्सी गएका थिए ।

उनले जोसे माउरिन्हो र एन्टोनियो कोन्टे नेतृत्वमा चेल्सीमा लिग उपाधि जित्न महत्वपुर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : २२ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६