नाकको शल्यक्रियाका कारण मड्रिडका स्टार कोस्टा तीन महिना मैदान बाहिर | Khabarhub Khabarhub

नाकको शल्यक्रियाका कारण मड्रिडका स्टार कोस्टा तीन महिना मैदान बाहिर


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको हो ।

उनलाई निको हुन करिब तीन महिना लाग्ने बताईएको छ । शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन् । यस्तै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी हुने छैनन् ।

यस्तै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउनेछन् । समयमै ठिक भएको अवस्थामा फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्नेछन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी कोस्टा सन् २०१७ मा चेल्सीबाट एट्लेटिको फर्किएका थिए । उनले साढे २ सिजन क्लबमा बिताउँदा ४१ खेलमा मात्र ७ गोल गरेका छन् ।

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले लोनमा रहेका चेल्सीका खेलाडी अल्भारो मोराटालाई गत समरमा स्थायी रुपमा क्लबमा राख्न सफल भएका छन् । त्यस्तै विश्व कीर्तिमानी मुल्यमा बेन्फिका र पोर्चुगलबाट जोआओ फिलिक्सलाई क्लबमा अनुबन्धन गरेका थिए ।

पछिल्लो समय कोस्टाले चीन र कतारका धनी क्लबमा आँखा लगाईरहेका छन् । सन् २०१४ मा एट्लेटिकोलाई उपाधि जिताएका उनले सिजनमा २७ गोल गरेका थिए । लगत्तै उनी ३२ मिलियन पाउण्डमा चेल्सी गएका थिए ।

उनले जोसे माउरिन्हो र एन्टोनियो कोन्टे नेतृत्वमा चेल्सीमा लिग उपाधि जित्न महत्वपुर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : २२ बजे

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि