आजको मौसम : चिसो बढ्दै, बिहान आंशिक बदली « Khabarhub

आजको मौसम : चिसो बढ्दै, बिहान आंशिक बदली


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर बिहान र बेलुका चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसो बढ्दै गएपनि हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहने छ ।

बिहानीपख देशको पश्चिमी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेता पनि दिउँसो बदली हुने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भूभागमा शुक्रबार दिउँसो आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ६ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमी भू – भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मंसिर ७ गते (शनिबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुइ स्थानमा हल्का बर्षा हुने सक्ने देखिन्छ।

राति: देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ।

मंसिर ८ गते (आइतबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ।

राति: देशका पहाडि भू-भागमा आंशिक बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ४९ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि