‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’ « Khabarhub

‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ ।

नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा. रामप्रसाद मैनालीले प्रचलित कानूनअनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्नेमा जोड दिए । ‘कर छलेर कारोवार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारवाही गर्नेछौँ’, उनले भने ।

नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताए । ‘व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुपर्‍यो,’ उनले भने।

नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले करको दरभन्दा दायरा बढाउनृतर्फ सरकार लाग्नुपर्ने बताउँदै व्यवसायीले भन्सार क्षेत्रमा भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

विसं २०४७ माघ ४ मा स्थापना भएको नेपाल व्यापार सङ्घले व्यापारीको हकहितमा काम गर्नाका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको सङ्घका महासचिव कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : २३ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन