‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’ « Khabarhub

‘कर छल्ने व्यवसायीलाई कारवाही गरिने’


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ ।

नेपाल व्यापार सङ्घ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’मा सो आग्रह गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय न्युरोडका प्रमुख डा. रामप्रसाद मैनालीले प्रचलित कानूनअनुसार कर नतिर्नेलाई कारवाही गर्ने बताउँदै समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्नेमा जोड दिए । ‘कर छलेर कारोवार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारवाही गर्नेछौँ’, उनले भने ।

नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताए । ‘व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुपर्‍यो,’ उनले भने।

नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले करको दरभन्दा दायरा बढाउनृतर्फ सरकार लाग्नुपर्ने बताउँदै व्यवसायीले भन्सार क्षेत्रमा भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

विसं २०४७ माघ ४ मा स्थापना भएको नेपाल व्यापार सङ्घले व्यापारीको हकहितमा काम गर्नाका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको सङ्घका महासचिव कृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : २३ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका