फिनल्याण्डसँग व्यापारमा सहकार्य गर्न सरकारलाई सुझाव | Khabarhub Khabarhub

फिनल्याण्डसँग व्यापारमा सहकार्य गर्न सरकारलाई सुझाव


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको विकासमा फिनल्याण्डले सहयोग गर्ने नेपालका लागि फिनल्याण्डका राजदूत पेयरती एन्टिननले बताएका छन् ।

फिनल्याण्डसँगको व्यापारका विषयमा नेपाल चेम्बर अफ कमर्शले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यममा राजदूत एटिननले विगतदेखि नै नेपाल र फिनल्याण्डबीच आपसी सहयोग आदानप्रदान रहेको बताउँदै यसलाई विस्तार गर्न सकिने बताए । उनले नेपालको पर्यटनसहितका क्षेत्रमा लगानी गर्न फिनल्याण्ड तयार रहेको बताएका छन् ।

नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै उनले दुवै देशले आपसी सहयोग आदानप्रदान गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले फिनल्याण्ड सरकारसँग व्यापार प्रबद्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए । नेपालको पर्यटन, जलस्रोतलगायतका आर्थिक क्षेत्रमा सहकार्य बढाउन र लगानी भित्र्याउन सरकारले अन्तरदेसीय सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा धारणा राख्दै फिनल्याण्डका राजदूत

नेपालमा लगानीको वातावरण बन्दै गएपनि केही कानूनी समस्या भएकाले यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने मल्लको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले व्यापरिक क्षेत्रमा सहकार्य गर्नेगरी दुई देशबीचको सहकार्य आवश्यक रहेको बताए । उनले विदेशी लगानी भित्र्याउन सरकारले सहज वातावरण बनाउँदै लैजानु पर्ने बताए । उनले निजी व्यवसायीहरुसँगको सहकार्यमा विदेशी लगानीका स्रोत खोज्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १२ : १० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’