उपत्यकामा रेल – गफ धेरै, काम शून्य ! « Khabarhub

उपत्यकामा रेल – गफ धेरै, काम शून्य !



काठमाडौं– घण्टौसम्म सडकको जाम खेपेका उपत्यकावासीका लागि कुनै समय चक्रपथमा मोनोरेल कुद्ने कुरा निकै चर्चाको विषय बन्यो । धुलो र धुँवा र जामबाट छुटकारा पाउने भएपछि उनीहरु मोनो रेलबारे निकै चासो राख्थे ।

जसकारण चक्रपथमा मोनो र मेट्रो रेल सञ्चालनमा आउने कुरा निकै चर्चामा आयो । कतिले यसलाई राम्रै भने कतिले आलोचना समेत गरे । ट्राफिक जामको व्यवस्थापन पनि हुने राजधानीको शोभा पनि बढ्ने भएपछि यसको समर्थन पनि बढ्यो ।

त्यसो त महानगरवासीलाई रेलको सपना देखाउँदै चुनाव जितेका थिए काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ।

काठमाडौं महानगरको अस्तव्यस्त यातायात व्यवस्थित गरी ‘मास ट्रान्स्पोर्टेसन’ मोनो रेल आवश्यक ठानेर काठमाडौं र ललितपुर महानगरले विस्तृत परियोजना प्रतिवेदन बनाउन ४ पुस २०७५ मा १ वर्षको अवधिमा रिपोर्ट बुझाउनेगरी चिनियाँ कम्पनी सीआरसीसीसँग सम्झौता गरेका थिए ।

तर उनीहरुको कार्यकालको आधा समय बितिसक्दा पनि रेल चल्ने कुराको अत्तोपत्तो छैन । हालसम्म डीपीआर समेत सकिएको छैन । रेल कहिले सञ्चालनमा आउँछ भन्ने कुरा यकिन गर्न सकिँदैन ।

प्रारम्भिक अध्ययन प्रतिवेदन निर्धारित समयभन्दा अगाडि नै बुझाए पनि विस्तृत परियोजना अध्ययन प्रतिवेदन डीपीआर अध्ययनमा ढिलाई भइरहेको महानगरले जनाएको छ ।

२७ दशमलव ५ किलोमिटर लामो मोनोरेल चक्रपथका सडकमाथि चलाउनका लागि करिब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यकामा कलंकीदेखि कोटेश्वर, चावहिल, महाराजगञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरी सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको प्रवक्ता डंगोलले जानकारी दिए ।

‘सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको भन्ने सुनिएको छ’ डंगोलले भने ‘रिङरोडमा गुडाइने रेलले दैनिक डेढ सय यात्रुलाई सेवा दिनेछ ।’

डीपीआरमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याकंन, मोनोरेल डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनका चरण र लाभ विश्लेषण हुनेछ ।

मेट्रो रेलको डीपीआरका लागि परामर्शदाता छनोट हुँदै

रेल विभागका अनुसार उपत्यकामा मेट्रोरेल गुडाउनका लागि परामर्शदाता छनोटको प्रक्रिया अन्तिम चरणमा रहेको छ । काठमाडौंको बूढानिलकण्ठ महाराजगञ्ज हुँदै ललितपुरको खोकनासम्म मेट्रोरेल सञ्चालनका लागि अध्ययन भई परामर्शदाता छनोटको प्रक्रिया भइरहेको विभागले जनाएको छ ।

२३ किलोमिटर लामो मेट्रोरेलको डिजाइन प्रतिवेदन निर्माणको लागि इच्छुक कम्पनीबाट प्रस्ताव मुल्याङ्कन भइरहेको विभागका महार्निर्देशक बलाराम मिश्रले बताए ।

त्यस्तै उपत्यकामै नागढुंगा—धुलिखेल रुटको लागि लगानी बोर्ड मार्फत डीपीआरको काम भइरहेको छ ।

यो रेल्वे २० घण्टा सञ्चालन गर्ने योजना रहेको छ । काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक १ लाखभन्दा बढिले ओहोरदोहोर गर्ने अनुमान गरिएको छ ।

‘काम तीव्र गतिमा अघि बढेमा डीपीआरका लागि कम्पनी छनौट गर्ने छौं’ मिश्रले भने ‘अहिलेसम्म २० वटा कम्पनीले प्रस्ताव राखिसकेका छन्’ ।

सार्वजनिक निजी साझेदारी बूट मोडेलमा बन्ने काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर १ वर्षसम्म तयार हुनेछ । डीपीआर रिपोर्ट आएसँगै ५ वर्ष भित्र निर्माण सक्ने योजना विभागको रहेको छ ।

उपत्यकामा मोनोरेल कि मेट्रो ?

संघीय सरकारले उपत्यकामा मेट्रो रेल सञ्चालनमा ल्याउने कुरा अघि बढाएसँगै स्थानीय सरकारले पनि उपत्यकामा मोनोरेल चलाउने कुरा अघि बढाएको थियो । काठमाडौं उपत्यकाको हकमा मोेनोरेलको तुलनामा मेट्रोरेल नै सञ्चालन गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

मोनोरेल सञ्चालनमा निकै ढिलाइ भइसकेको पूर्वाधारविज्ञ किरण थापा बताउँछन् । ‘मोनो रेल मिडियम क्लासको भएकाले अहिले विश्वमा यो प्रविधि हराउँदै गइसकेको छ’ उनी भन्छन्, ‘अहिलेको अवस्था हेर्दा र अन्य देशहरुमा सञ्चालनको अवस्था हेर्दा पनि उपत्यकामा मेट्रो नै उपयुक्त हुन्छ ।’

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १२ : १२ बजे

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा