मासु खाँदा यी कुरामा पुर्‍याउनुस् ध्यान | Khabarhub Khabarhub

मासु खाँदा यी कुरामा पुर्‍याउनुस् ध्यान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछामासुलाई पोषणको श्रोत मानिन्छ । माछामासुमा हुने तत्वले मानिसको शरीरमा निकै लाभ पुर्याउने गर्दछ ।

तर मासु धेरै खानु स्वास्थ्यका लागि लाभदायक भने हुदैन । अन्यथा यसले हाम्रो शरीरलाई हानी पु¥याउने गर्दछ । कतिपय अवस्थामा मासुको अत्याधिक सेवनले रोग समेत निम्त्याउन सक्छ ।

तसर्थ हामीले मासु खाँदा सिमित र स्वस्थ्य मासु मात्र खानुपर्छ । हामी १५ वटा टिप्सहरु दिँदैछौं, जसले कस्तो मासु कसरी खाने भन्ने जानकारी दिन्छ ।

१. सातामा ३/४ पटकसम्म बढिमा ४/५ पिसका दरले मात्र मासु खानुपर्छ ।

२. सकेसम्म मासु खादा झोल भएको खानुपर्छ वा स्वाद अनुसार हल्का भुटिएको मासु खानुपर्छ ।

३. मासुमा प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले छाला र बोसो रहित मासु खाने गर्नुपर्छ ।

४. रातो मासुमा बढी चिल्लो पदार्थ हुनेभएकाले कोलेस्टेरोलका बिरामि रातो मासु खानुहुदैन ।

५. केहि मानिस साधेर काँचो मासु खाने गर्दछन् तर काचो मासुले अपच हुने गर्दछ ।

६. मासु पकाउदा धेरै भुट्ने वा कालो हुने गरी पकाउनु हुदैन ।

७. सकेसम्म मासुको सट्टा माछा वा खसिको मासुको सट्टा पंक्षीको मासु खानुपर्छ ।

८. मासु किन्दा स्वस्थ्य पशुपक्षी  किन्ने र र घरमा राख्दा समेत सफा र स्वस्थ तरीकाले राख्नुपर्छ

९. मासु पकाउदा सफा पानीले राम्रोसंग पखालेर पकाउनु पर्छ ।

१०. पकाउन बाकि रहेको मासुलाई हावा नछिर्ने गरी फ्रिजमा तापक्रम मिलाएर राख्नुपर्छ ।

११. नुन नहाली तेलमा भुटेको मासुलाई समेत सेलाएपछि मात्र फ्रिजमा प्याक गरेर राख्नुपर्छ ।

१२. फ्रिजमा राखिएको मासु पुर्ण तातेपछि वा १० मिनेटभन्दा बढि तताएर मात्र खाने गर्नुपर्छ ।

१३. रातो मासुको सट्टा सकेसम्म सेतो मासु खानु स्वास्थ्यका लागी लाभदायि हुन्छ ।

१४. मासु खाँदा बोसो वा चिल्लो रहित खानुपर्छ, अन्यथा कोलेस्टेरोल बढाउँछ ।

१५. फ्राई गरेको मासुमा झन् चिल्लो पदार्थ थपिने भएकाले यसले शरीरलाई हानी पुग्ने गर्दछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : २२ बजे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा