मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भे९प ८९६९ नंको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णाली प्रदेश ३–०२, ०१०प ९४४० नंको पल्सर मोटरसाइकल चोरी गरेको खुल्न आएको छ ।

प्रहरी जाँच क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिए । “चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ”, उनले भने, “अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।”

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी