विपद व्यवस्थान प्राधिकरणको कार्यकारी प्रमुखका लागि अन्तिम ३ जनाको नाम सिफारिस | Khabarhub Khabarhub

विपद व्यवस्थान प्राधिकरणको कार्यकारी प्रमुखका लागि अन्तिम ३ जनाको नाम सिफारिस


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

प्राधिकरणको प्रमुख कार्यकारी पदका अन्तिम सूचीमा परेका ५ जनामध्ये अन्तिम ३ जनालाई छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्राधिकरणको कार्यकारी प्रमुखका लागि अन्तिम ३ मा पर्नेमा अनिल पोखरेल, डा. प्रेमबहादुर थापा र विष्णु प्रसाद खरेल छन् ।

प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरी अन्तिम उम्मेदवारका लागि ५ जनालाई छनौट गरेको थियो ।

जसमध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम, सोचपत्र एवम् व्यवसायिक कार्ययोजना मूल्याङ्कन, सोचपत्र तथा व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनमा प्राप्त गरेको अङ्कमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ जनालाई नियुक्तिका सिफारिस गरिएको जनाइएको छ ।

जसअनुसार सबैभन्दा बढी अङ्क अनिल पोखरेलले प्राप्त गरेका छन् भने डा प्रेमबहादुर थापा र विष्णप्रसा खरेल क्रमश दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ५७ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी