सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ? « Khabarhub

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घटेर २ हजार ५९८ दशमलव ८९ मा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ।

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा कायम भएको छ।

आज १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ।

कारोबारमा १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढेको छ भने १० उपसमूह घटेको छ। कुल २७९ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

नेप्सेका अनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्। सानिमा ग्रोथ फन्ड, चिर्खवा हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलगायत कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ३९ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई