अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र गतिमा « Khabarhub

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम तीव्र गतिमा


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सतलज विद्युत् निगमले जिम्मा लिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रगति आशातीत रुपमा अघि बढेको छ ।

कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको हालसम्म २४ प्रतिशत भौतिक प्रगति भएको र निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । पावर समिट, २०१९ मा अरुण तेस्रोको भौतिक प्रगतिको विवरण प्रस्तुत गरिएको थियो ।

आयोजना निर्माणका लागि सतजल विद्युत् निगमले एसजेभीएन अरुण थर्ड पावर डेभलपमेन्ट कम्पनीमार्फत काम गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आयोजना गरेको पावर समिट, २०१९ को अवसरमा आज सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति राम्रो भएको जानकारी दिए ।

आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको र सन् २०२३ भित्रै विद्युत् बाल्ने योजनाका साथ काम भइरहेको धिमानको भनाइ थियो । उनले भने, “हालकै गतिमा निर्माण भएको खण्डमा लक्ष्य सहजै भेटाउँछौं । उक्त आयोजना नेपाल र भारत दुवै देशका लागिसमेत महत्वपूर्ण रहेको छ ।

सो आयोजना समयमै सकिएको खण्डमा अन्य आयोजना तथा विदेशी लगानीका लागिसमेत मार्गदर्शक बन्ने विश्वास कम्पनीको छ । अरुण तेस्रो निर्माण गरिरहेको सतलज विद्युत् निगमले नै सरकारसँग तल्लो अरुणसमेत निर्माणको अनुमतिपत्र दिन आग्रह गर्दै आएको छ ।

सतलजले सन् २०२३ सम्म पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । “हाम्रो कम्पनीले सन् २०३० सम्म १२ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित विभिन्न देशमा आयोजना निर्माण गरिरहेका छौँ । सन् २०४० सम्म हामी २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ ।”

गत वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा सो आयोजनाको शिलान्यास गरेका थिए । कम्पनीले नै सङ्खुवासभामा रहेको आयोजनास्थलदेखि ढल्केबर सवस्टेसनसम्म ४०० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्नेछ । प्रसारण लाइन निर्माणका लागि प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयले मुआब्जासम्बन्धी सूचनासमेत प्रकाशित गरिसकेको छ ।

यस्तै आयोजनाले सवस्टेशन निर्माण तथा अन्य कामलाई समेत तीव्र पारेको छ । आयोजनाबाट नेपालले २१.९ प्रतिशत विद्युत् निःशुल्करुपमा प्राप्त गर्नेछ । लगानी बोर्डले संयोजन गरेका अधिकाशं आयोजनाले गति लिन नसकेको बेला अरुण तेस्रो जलविद्युत् आयोजनाले नियमितरुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई समेत जानकारी गराउँदै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : ३० बजे

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई